नियम ११२
बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने वा बढीमा पाँच वर्ष बढुवा रोक्का गर्ने वा खाइपाइ आएको बढीमा पाँच तलब बृद्धि घटुवा गर्ने वा हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने
: (१) देहायको कुनै अवस्थामा सशस्त्र प्रहरी कर्मचारीलाई बढीमा पाँच तलब बृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने सजाय गर्न  सकिनेछ :–
(क)   सरुवा गरिएको कार्यालयमा म्याद भित्र हाजिर नभएमा,
(ख)   सन्तोषजनक काम नगरेमा,
(ग)   एउटै पदमा दुई पटक नियम १११ बमोजिमको सजाय पाएमा,
(घ)   बर–बुझारथ नगरेमा,
(ङ)   आफूभन्दा माथिको अधिकारीले दिएको आदेशको अवज्ञा गरेमा वा कार्यान्वयन नगरेमा,
      (२) देहायको कुनै अवस्थामा सशस्त्र प्रहरी कर्मचारीलाई खाइपाइ आएको बढीमा पाँच तलब बृद्धी घटुवा गर्ने वा हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने सजाय गर्न सकिनेछ :–
(क)   आचरण सम्बन्धी नियमहरु उल्लङ्घन गरेमा,
(ख)   नियुक्ति भएको पाँच वर्षभित्रै नोकरीबाट अलग हुन झुठ्ठा कारण देखाएमा,
(ग)   मनासिब कारण बेगर पूर्व स्वीकृति नलिई गैर हाजिर भएमा,
(घ)   समयमा पेश्की फछ्र्यौट नगरेमा,
(ङ)   प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(च)   मानव अधिकारको उल्लङ्घन एवं लैङ्गिक हिंसा वा घरेलु हिंसा हुने कार्य गरेको भनी अदालतबाट जरिवाना भएमा ।